मुगुमा पूर्वसांसद र वडाध्यक्षद्वारा इन्जिनियरमाथि हातपात « Khabarhub

मुगुमा पूर्वसांसद र वडाध्यक्षद्वारा इन्जिनियरमाथि हातपात


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुगु- जिल्ला पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख इन्जिनियर दत्त बुढथापा कार्यालयमै कुटिएका छन् ।

नेकपा एमालेका नेता एवम् कर्णाली प्रदेशसभाका तत्कालिन प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख इन्जिनियर बुढथापामाथि हातपात गरेका हुनन् ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाको भनाइ छ ।

४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको जनाइएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए । मुगुमा काम गर्न असहज भएको पनि बुढथापाले बताए । प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन् ।

यसैबीच, हातपातपछि पूर्वसासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले शनिबार नै नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ३३ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार