मुगुमा पूर्वसांसद र वडाध्यक्षद्वारा इन्जिनियरमाथि हातपात « Khabarhub

मुगुमा पूर्वसांसद र वडाध्यक्षद्वारा इन्जिनियरमाथि हातपात


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुगु- जिल्ला पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख इन्जिनियर दत्त बुढथापा कार्यालयमै कुटिएका छन् ।

नेकपा एमालेका नेता एवम् कर्णाली प्रदेशसभाका तत्कालिन प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख इन्जिनियर बुढथापामाथि हातपात गरेका हुनन् ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाको भनाइ छ ।

४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको जनाइएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए । मुगुमा काम गर्न असहज भएको पनि बुढथापाले बताए । प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन् ।

यसैबीच, हातपातपछि पूर्वसासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले शनिबार नै नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र