बलात्कार गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बाग्लुङ र रुपन्देहीबाट बलात्कार आरोपमा एक एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका ४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही गाउँपालिका ४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

त्यसैगरी, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्रउ गरेको हो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : ३३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु