नेपालका कार्यवाहक राजदूत सुवेदीद्वारा कतारी अमिरसँग शिष्टाचार भेट « Khabarhub

नेपालका कार्यवाहक राजदूत सुवेदीद्वारा कतारी अमिरसँग शिष्टाचार भेट


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिरसँग भेटवार्ता गरेका छन् । इस्लाम समुदायको महान पर्व ‘इद अल अजाह’ का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उनले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गरेका हुन् ।

सो अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट कतारी जनता, अमिरको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेको कार्यवाहक राजदूत सुवेदीलेले जानकारी दिए । इदका अवसरमा अमिर थानीले कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता एवं शुभकामना आदानप्रदान गर्दै आएका छन् ।

त्यसैगरी कतारका प्रधानमन्त्री मोहम्मेद बिन अब्दुलरहमन बिन जास्सिम अल थालीले पनि कतारस्थित कूटनीतिक नियोगका प्रमुखहरुसँग शुभकामना आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : २१ बजे

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार