आठ घण्टापछि सुदूरपश्चिममा अवरुद्ध विद्युत् सेवा सञ्चालनमा « Khabarhub

आठ घण्टापछि सुदूरपश्चिममा अवरुद्ध विद्युत् सेवा सञ्चालनमा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ ।  डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए ।

“तार टुट्दा सुदूरपश्चिमका  सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो”,  उनले भने, “तार टुटेको खबर पाएपछि प्राविधिक टोली परिचालन गरेर मर्मत गरिएको थियो । अहिले बिजुली सञ्चालन भइसकेको छ ।”

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : २८ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको