रसुवामा डेङ्गुका बिरामी फेला « Khabarhub

रसुवामा डेङ्गुका बिरामी फेला


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको उत्तरी क्षेत्रमा पनि डेङ्गुका बिरामी भेटिएका छन् । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीको अस्पतालको अन्तरङ्ग कक्षमा उपचार भइरहेको जानकारी दिए ।

समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्यास्तभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्ने बताए ।

उनले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गरे ।

यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । सो ओपिडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरे ।

अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौँ रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ । यसबाट विशेषगरी प्रसुती सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : २३ बजे

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

काठमाडौं- सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी