पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु | Khabarhub Khabarhub

पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् । यही अवधीमा चट्याङका कारण छ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् ।

सो अवधिमा चट्याङका कारण रु छ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा अनुमानित रु दुई करोड ७९ लाख ३४ हजार पाँच सय र सबैभन्दा कम कर्णाली प्रदेशमा रु २३ लाख ९२ हजार चार सय ३० को क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेशमा रु ९२ लाख ३८ हजार तीन सय ३०, बागमती प्रदेशमा रु ७९ लाख ८२ हजार, मधेस प्रदेशमा रु ५९ लाख ७९ हजार, गण्डकी प्रदेशममा रु ४९ लाख ३६ हजार पाँच सय र सुदूरपश्चिम प्रदेशमा रु २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति पुगेको छ । चट्याङका कारण मुलुकभर कूल ५७ वटा भौतिक पूर्वाधार क्षति पुगेको छ ।

जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा ४ क्षति भएको छ । कोशी प्रदेशमा १४, कर्णाली प्रदेशमा सात, मधेस र बागमती प्रदेशमा छ/छ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ । सो अवधिमा कूल तीन हजार एक सय ८७ वटा पशुचौपायाको क्षति भएको छ ।

जसमध्ये कर्णाली प्रदेशमा एक हजार पाँच सय चार, मधेस प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा आठ सय ४७, कोशी प्रदेशमा दुई सय ८९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ७१ र बागमती प्रदेशमा ७२ वटा पशुचौपायामा क्षति भएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ३ : ५५ बजे

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति

संस्थापक समूहको शेयरलाई छुट्टै आईएसआईएन नम्बर दिने विषयमा इप्पानले जनायो विरोध

काठमाडौं– सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को सञ्चालक समितिले कम्पनीहरूको शेयर

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ

सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

किमाथाङ्का– नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ,

सांसदलाई हली बनाएपछि…

काठमाडौं– सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद