वीरेन्द्र जैसीले तोडे अनशन, गृहमन्त्रीले लिए उपचारको जिम्मा « Khabarhub

वीरेन्द्र जैसीले तोडे अनशन, गृहमन्त्रीले लिए उपचारको जिम्मा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोखामा प्रहरीको गोली लागि घाइते भएका वीरेन्द्र जैसीको आजदेखि अनसन तोडेका छन् । २०७३ साल फागुन १ गते घाइतेभएका जैसी उपचार तथा क्षतिपूर्तिको माग गर्दै तीन हप्तादेखि अनशनरत बस्दै आएका थिए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज वीरेन्द्र जैसीको अनशन तोडाएका हुन् । वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो ।

हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ्य अवस्था थप जटिल भएपछि सहयोगीहरूले उहाँलाई वीर अस्पतालमा भर्ना गरेका थिए ।

आजदेखि भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार सुरु गरिएको जनाइएको छ । अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने बचन दिएका थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : ४६ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र