श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह « Khabarhub

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह गरेको छ । न्यूनतम पारिश्रमिक बढाउने सङ्गठनको माग पूरा गराउन सरकारलाई दवाव दिने कांग्रेसले बताएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभरका ७७ वटै जिल्ला र सातवटै प्रदेशलाई परिपत्र गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक रु १५ हजारबाट बढाएर २५ हजार पुर्याउन माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेस महासचिव अजयकुमार राईले अहिले बजार मूल्य वृद्धि र महङ्गी बढेकाले वर्तमान लिँदै आएको पारिश्रमिकले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या भएकाले पारिश्रमिक वृद्धि गर्नका लागि सरकारलाई दबाब दिन लागेको बताए।

कांग्रेसले आगामी असार २७ गते ‘श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार निर्धारण गर’ व्यहोराको एसएमएस प्रधानमन्त्री, श्रममन्त्री र सचिवलाई गर्ने, असार २८ गते ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । यस्तै, असार २९ गते सातै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, असार ३१ गते काठमाडौँमा राष्ट्रिय समितिले श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव राईले बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : ०९ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले