चितवन मिल्कबाट दैनिक एक लाख लिटर दूध प्रशोधन « Khabarhub

चितवन मिल्कबाट दैनिक एक लाख लिटर दूध प्रशोधन


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । 

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्‍याएको हो । 

कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन ।

चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म  उद्योग सञ्चालन हुने गरेको उनले जानकारी दिए ।

पाउडर  र बटर बनाउनका लागि मेचीदेखि महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए । 

उनका अनुसार उत्पादनले गोदाम भरिएको बताए । ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘दश दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौँ ।’

एक लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर दूधको मूल्य प्रतिकेजी चार सयदेखि पाँच पाँच सय रुपैयाँको बीचमा पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । 

असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उनले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताए । 

विसं २०७२ सालको भूकम्पपछि तीन वर्ष उद्योग बन्द भएको थियो । उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । 

सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताए । अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उनको भनाइ छ ।

चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो । 

जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताए । 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : १९ बजे

खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन

खोटाङ– यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती