स्वीडेनलाई नेटोमा सहभागी हुने बाटो खुल्यो, टर्की सहमत « Khabarhub

स्वीडेनलाई नेटोमा सहभागी हुने बाटो खुल्यो, टर्की सहमत


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा सामेल हुने बाटो खुलेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटो सदस्यताको लागि स्विडेनको प्रस्तावलाई ग्रान्ड नेशनल एसेम्बलीमा समर्थन गर्न र अगाडि बढाउन सहमत भएपछि स्वीडेनलाई नेटोमा आवद्ध हुने बाटो खुलेको हो ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टसनले टर्कीको राष्ट्रपतिले समर्थन गरेकोमा खुशी ब्यक्त गरे । टर्कीका राष्ट्रपतिको समर्थन बाहेक स्वीडेनलाई नेटोमा आवद्ध गराउन टर्कीको संसदले अनुमोदन गर्न बाँकी रहेको छ ।

नेटोमा आवद्ध ३१ सदश्य राष्ट्रहरुलाई स्वीडेनलाई नेटोमा आवद्ध गराउने कि नगराउने भन्ने बिषयमा भिटो प्रयोग गर्ने अधिकार रहेको छ । 

यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीको समर्थनलाई स्वागत गर्दै स्वीडेनलाई नेटोमा आवद्ध गर्ने प्रस्ताव छिटै अनुमोदन हुने विश्वास ब्यक्त गरे ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा स्वीडेनलाई नेटोको ३२ औँ सदस्यको रुपमा स्वागत गर्न बाइडेन तयार रहेको जनाएको छ । 

लिथुआनियाको राजधानी भिल्नियसमा जारी नेटो सम्मेलनका बीच टर्की र स्वीडेनका नेताहरुबीच भएको वार्ताका क्रममा टर्की र स्वीडेनबीच सम्झौता भएको हो ।

टर्कीले लामो समयदेखि नेटोमा सामेल हुन स्वीडेनको आवेदनको विरोध गर्दै आएको थियो । टर्कीले स्वीडेनले कुर्दिश कार्यकर्तालाई आतंकवादी ठानेको आरोप लगाएको थियो। 

वार्तापछि जारी विज्ञप्तिमा टर्की र स्वीडेनले आतंकवाद विरोधी समन्वयमा मिलेर काम गर्ने र द्विपक्षीय व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : २९ बजे

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको