स्वीडेनलाई नेटोमा सहभागी हुने बाटो खुल्यो, टर्की सहमत « Khabarhub

स्वीडेनलाई नेटोमा सहभागी हुने बाटो खुल्यो, टर्की सहमत


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा सामेल हुने बाटो खुलेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटो सदस्यताको लागि स्विडेनको प्रस्तावलाई ग्रान्ड नेशनल एसेम्बलीमा समर्थन गर्न र अगाडि बढाउन सहमत भएपछि स्वीडेनलाई नेटोमा आवद्ध हुने बाटो खुलेको हो ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टसनले टर्कीको राष्ट्रपतिले समर्थन गरेकोमा खुशी ब्यक्त गरे । टर्कीका राष्ट्रपतिको समर्थन बाहेक स्वीडेनलाई नेटोमा आवद्ध गराउन टर्कीको संसदले अनुमोदन गर्न बाँकी रहेको छ ।

नेटोमा आवद्ध ३१ सदश्य राष्ट्रहरुलाई स्वीडेनलाई नेटोमा आवद्ध गराउने कि नगराउने भन्ने बिषयमा भिटो प्रयोग गर्ने अधिकार रहेको छ । 

यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीको समर्थनलाई स्वागत गर्दै स्वीडेनलाई नेटोमा आवद्ध गर्ने प्रस्ताव छिटै अनुमोदन हुने विश्वास ब्यक्त गरे ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा स्वीडेनलाई नेटोको ३२ औँ सदस्यको रुपमा स्वागत गर्न बाइडेन तयार रहेको जनाएको छ । 

लिथुआनियाको राजधानी भिल्नियसमा जारी नेटो सम्मेलनका बीच टर्की र स्वीडेनका नेताहरुबीच भएको वार्ताका क्रममा टर्की र स्वीडेनबीच सम्झौता भएको हो ।

टर्कीले लामो समयदेखि नेटोमा सामेल हुन स्वीडेनको आवेदनको विरोध गर्दै आएको थियो । टर्कीले स्वीडेनले कुर्दिश कार्यकर्तालाई आतंकवादी ठानेको आरोप लगाएको थियो। 

वार्तापछि जारी विज्ञप्तिमा टर्की र स्वीडेनले आतंकवाद विरोधी समन्वयमा मिलेर काम गर्ने र द्विपक्षीय व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : २९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी