बारामा १०५ किलो गाँजा बरामद « Khabarhub

बारामा १०५ किलो गाँजा बरामद


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागूऔषध गाँजा ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको बताइएको छ । उक्त ट्रक पल्टिएको खबर प्राप्त भएपश्चात प्रहरी घटनास्थलमा पुगेको थियो । ट्रकको खोजतलास गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो । ट्रकका चालक तथा सहचालक फरार रहेको जनाइएको छ ।

एक सय पाँच किलो अवैध लागूऔषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका २२ पूर्वपश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक सडकको नालामा ना १ क ३२०५ नम्बरको पल्टिएको ट्रक चोक जाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको हो ।

ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ३ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र