मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न « Khabarhub

मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मुगु – हिमाली जिल्ला मुगुमा पहिलो पटक एकल देउडा गायन प्रतियोगिता गरिएको छ । दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभा लार्ई बाहिर प्रस्पुटन गर्न जिल्लामै पहिलो पटक प्रतिभा पहिचानका लागि विद्यालय स्तरीय एकल देउडा गायन प्रतियोगिता भएको हो ।

कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न र यसलाई उजागर गर्न यो कार्यक्रमको थालनी गरिएको जनाइएको छ । सामाजिक विकास कार्यालय मुगुको आयोजनामा गरिएको एकल देउडा गायन प्रतियोगिताले पनि विद्यालय स्तरका विद्यार्थीले पनि यहाँको लोक संस्कृति लाई बचाउन, जगेर्ना गनए पनि उनीहरूको भूमिका रहने हुँदा यो कार्यक्रमको थालनी सामाजिक विकास कार्यालय मुगुले जनाएको छ ।

आज भएको प्रतिभा पहिचानको प्रतियोगितामा जिल्लाका ६ वटा विद्यालयले मात्र सहभागिता जनाएका थिए । जसमा प्रथम कर्णाली मावि टोप्लाका छात्रा कृष्णमाया विक प्रथम भएका छन् ।

त्यस्तै दोश्रोमा नेपाल राष्ट्रिय मिन माद्यमिक विद्यालय भारेकोटका सुरेन्द्र नेपाली, तेश्रोमा कर्णाली मावि टोप्लाकै अर्जुन विक भएका छन् । सान्तवना बुद्ध माद्यमिक विद्यालय मांग्रिका छिरिङ्ग पुटिक लामा रहेको सामाजिक विकास कार्यालय मुगुका कार्यालय प्रमुख टोप बहादुर बुढाले बताए ।

उनका अनुसार क्रमश प्रथम लाई १० हजार , दोश्रो ८ हजार , तेश्रो ६ हजार र सान्तवना लाई ४ हजार नगद प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको कार्यालय प्रमुख बुढाको भनाई छ ।

यो कार्यक्रमले जिल्ला मात्र नभई भावि दिनमा यहाँ भित्र लुकेर रहेका प्रतिभाले पक्कै पनि प्रदेश हुदै राष्ट्रिय स्तर सम्म पनि प्रतिभा पहिचान कार्यक्रमले ठूलो टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ५७ बजे

खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन

खोटाङ– यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती