मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मुगु – हिमाली जिल्ला मुगुमा पहिलो पटक एकल देउडा गायन प्रतियोगिता गरिएको छ । दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभा लार्ई बाहिर प्रस्पुटन गर्न जिल्लामै पहिलो पटक प्रतिभा पहिचानका लागि विद्यालय स्तरीय एकल देउडा गायन प्रतियोगिता भएको हो ।

कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न र यसलाई उजागर गर्न यो कार्यक्रमको थालनी गरिएको जनाइएको छ । सामाजिक विकास कार्यालय मुगुको आयोजनामा गरिएको एकल देउडा गायन प्रतियोगिताले पनि विद्यालय स्तरका विद्यार्थीले पनि यहाँको लोक संस्कृति लाई बचाउन, जगेर्ना गनए पनि उनीहरूको भूमिका रहने हुँदा यो कार्यक्रमको थालनी सामाजिक विकास कार्यालय मुगुले जनाएको छ ।

आज भएको प्रतिभा पहिचानको प्रतियोगितामा जिल्लाका ६ वटा विद्यालयले मात्र सहभागिता जनाएका थिए । जसमा प्रथम कर्णाली मावि टोप्लाका छात्रा कृष्णमाया विक प्रथम भएका छन् ।

त्यस्तै दोश्रोमा नेपाल राष्ट्रिय मिन माद्यमिक विद्यालय भारेकोटका सुरेन्द्र नेपाली, तेश्रोमा कर्णाली मावि टोप्लाकै अर्जुन विक भएका छन् । सान्तवना बुद्ध माद्यमिक विद्यालय मांग्रिका छिरिङ्ग पुटिक लामा रहेको सामाजिक विकास कार्यालय मुगुका कार्यालय प्रमुख टोप बहादुर बुढाले बताए ।

उनका अनुसार क्रमश प्रथम लाई १० हजार , दोश्रो ८ हजार , तेश्रो ६ हजार र सान्तवना लाई ४ हजार नगद प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको कार्यालय प्रमुख बुढाको भनाई छ ।

यो कार्यक्रमले जिल्ला मात्र नभई भावि दिनमा यहाँ भित्र लुकेर रहेका प्रतिभाले पक्कै पनि प्रदेश हुदै राष्ट्रिय स्तर सम्म पनि प्रतिभा पहिचान कार्यक्रमले ठूलो टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ५७ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु