नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद | Khabarhub Khabarhub

नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

विलनियस– स्वीडेनले टर्कीलाई नेटो सदस्य राष्ट्रमा सामेल हुन स्वीकृति दिएपछि उसलाई सबै देशको सहमति मिलेको छ । तर युक्रेनको दाबीलाई लिएर गठबन्धन देशहरूबीच भने मतभेद देखिएको छ । 

नेटोको नजर युक्रेनको दाबीमा अड्किएको र मतभेदका कारण अहिले सदस्य बन्न उसलाई गाह्रो देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाई प्रवेश नदिने नेटोको योजनलाई ‘बेतुक’ भनेका छन् ।

यद्यपि, उत्तर एट्लान्टिक गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनले सदस्यताको बाटोमा सकारात्मक सन्देश पाउने बताए । उनले भने, ‘म विश्वस्त छु कि यसले युक्रेन र सदस्यताको लागि अगाडि बढ्ने बाटोमा सकारात्मक र बलियो सन्देश प्राप्त गर्नेछ ।

टर्कीले लामो समयदेखि स्वीडेनको नाटो सदस्यताको विरोध गर्दै आएको थियो, तर मतभेदको अन्त्यसँगै नेटोमा नयाँ ऊर्जा आएको छ। एर्डोगान र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग भिल्नियसमा भएको वार्तापछि नेटोका महासचिव स्टोल्टेनबर्गले टर्कीले अगाडि बढ्न सहमति जनाएको बताएका छन् ।

यसैलाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनको साथमा उभिएर नेटोका अधिकांश राष्ट्रले किभलाई ‘डिफ्याक्टो सदस्य’का रूपमा मान्यता दिने आशा गरेका थिए ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने नेटोको घोषणाको बाबजुद पनि रुसको आणविक अडानमा कुनै परिवर्तन नआएको बताए ।

नेटो देशहरू युक्रेनको साथमा छन्। अमेरिकाले भर्खरै युक्रेनलाई क्लस्टर बम दिने घोषणा गरेको छ । तर, अमेरिकाको यो घोषणामा प्रश्न उठेको छ । किनकि १०० भन्दा बढी देशले क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यसलाई मानवताका लागि खतरा मानिन्छ । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : २७ बजे

ऋषिपञ्चमीमा ऋषिको पूजाआराधना गर्दै श्रद्धालु महिला

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व नेपाली

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड हुँदै 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको

टी-२० अभ्यास: साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम टी-२० अभ्यास

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक

बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने

काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर