दाहालको निधनले बाम आन्दोलनलाई क्षति पुग्यो : अध्यक्ष केसी « Khabarhub

दाहालको निधनले बाम आन्दोलनलाई क्षति पुग्यो : अध्यक्ष केसी


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष केसीले आज शोक विज्ञप्ति जारी गरी नेकपा (माओवादी केन्द्र) की नेत्रीसमेत रहेकी दाहालको निधनले आफूलाई ज्यादै दुःखी तुल्याएको बताएका छन् ।

उनले मृतक दाहालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । अध्यक्ष केसीले दाहालको निधनले माओवादी केन्द्र र नेपालको बाम आन्दोलनलाई क्षति पुगेको बताए।

अध्यक्ष केसीले शोकाकुल माओवादी केन्द्रलाई शोकलाई शक्तिमा परिणत गर्ने क्षमता प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : १२ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा