दाहालको निधनले बाम आन्दोलनलाई क्षति पुग्यो : अध्यक्ष केसी « Khabarhub

दाहालको निधनले बाम आन्दोलनलाई क्षति पुग्यो : अध्यक्ष केसी


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष केसीले आज शोक विज्ञप्ति जारी गरी नेकपा (माओवादी केन्द्र) की नेत्रीसमेत रहेकी दाहालको निधनले आफूलाई ज्यादै दुःखी तुल्याएको बताएका छन् ।

उनले मृतक दाहालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । अध्यक्ष केसीले दाहालको निधनले माओवादी केन्द्र र नेपालको बाम आन्दोलनलाई क्षति पुगेको बताए।

अध्यक्ष केसीले शोकाकुल माओवादी केन्द्रलाई शोकलाई शक्तिमा परिणत गर्ने क्षमता प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : १२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र