ठगी गरेको आरोपमा सात जना पक्राउ « Khabarhub

ठगी गरेको आरोपमा सात जना पक्राउ


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

विभिन्न प्रलोभन देखाई समाजिक संजालमा विदेशबाट उपहार आएको छ, भन्दै एयरपोटमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगि गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन् ।

त्यसै गरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउपालिका ५ का ध्रुब थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियिा धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगि गर्ने गिरोहहरु पक्राउ गर्न सफल भएको बताए ।

पछिल्लो समय समाजिक संजाल तथा मोवाईल कल गरेर चिठ्ठा पर्यो भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाएको हो । पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संठठित अपराध सम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : २८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड