रियादस्थित दूतावासमा अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने  « Khabarhub

रियादस्थित दूतावासमा अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने 


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदी अरबको रियादस्थित नेपाली दूतावासबाट प्रदान हुने सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।

दूतावासले बुधबार साँझ एक सूचना जारी गर्दै दूतावासले प्रदान गर्ने सेवालाई समसामयिक, सरल, छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्यले साउदी अरबमा रहेका नेपालीका लागि राहदानी नवीकरण, श्रम सम्बन्धी कुनै समस्या वा गुनासोको सम्बोधन लगायतका सेवा अब अनलाइन प्रणालीमार्फत लिन सकिने जनाइएको हो ।

यस्तै, श्रम स्वीकृतिको नवीकरण, सामाजिक सुरक्षा कोषमा आवद्धता, दूतावासबाट प्रक्रिया गरिएका बहिर्गमन भिसा (एक्जिट भिसा) को बारेमा अद्यावधिक जानकारी, गैरकानूनी हैसियतमा रहेकाहरूको विवरण संकलन, लगायतका अन्य सेवाहरू लिन सजिलो होस भन्ने हेतुले अनलाइन प्रणाली प्रयोगमा ल्याएको जनाएको छ ।

आफूलाई आवश्यक सेवा सम्बन्धमा थप जानकारी आवश्यक परेमा दूतावासको सम्पर्क नम्बर ०११–४६१११०८ मा बिहान ९ देखि बेलुका ५ बजेसम्म र ०११–२८८३७९५ मा दिउसो ३ बजे देखि बेलुका ५ बजेसम्म दूतावास खुला रहेको दिन सम्पर्क गर्न सकिनेछ ।

साउदीमा नेपाली कामदार बढेसँगै दूतावासमा सेवा लिन आउनेहरुलाई मध्यनजर गर्दै सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सक्ने व्यवस्था मिलाइएको दूतावासको भनाइ छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिव चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : १५ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।