बलात्कारको आरोपमा दुईजना पक्राउ | Khabarhub Khabarhub

बलात्कारको आरोपमा दुईजना पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्दिया र उदयपुरमा गरी बलात्कारको आरोपमा दुईजना पक्राउ  परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको छ । 

थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

यस्तै, उदयपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । 

बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका–६ सिरुवानीस्थित जङ्गलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवैजना माथि थप अनुसन्धान भइरहेको छ ।

    

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १ : ३० बजे

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

दाङ– दाङमा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको

स्पीड स्केट च्याम्पेनसीप सम्पन्न

ललितपुर– एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर

एकैदिन तोलामा ७ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।