रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ | Khabarhub Khabarhub

रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

गत वर्षसम्म यो समयमा जम्मा ४२ प्रतिशत जमिनमा धान रोपाइँ भएकामा अहिले ५७ प्रतिशत भएको उक्त केन्द्रका सूचना अधिकारी अनिल बानियाँले बताए । गतवर्षभन्दा अहिले असार १५ मै पानी परेका कारण रोपाइँ तुलनात्मकरूपमा धेरै भएको उनको भनाइ थियो ।

जिल्लाभार सिँचाइ सुविधा ७० प्रतिशत जमिनमा पुगेको देखिए पनि यहाँको पुराना सिँचाइ आयोजना र कुला मर्मत नहुँदा कागजमा मात्र सीमित देखिन्छ ।

तोकिएजति सिँचाई नहुनुमा भौलाभुजा सिँचाइ आयोजना, छत्तिस कुलोलगायत धेरै पुराना सिँचाइ आयोजना र कुलो मर्मत नहुँदा क्षमताअनुसारको सिँचाइ पुर्याउन समस्या भएको हो ।

तिलोत्तमा नगरपालिका– १० कान्छी बजारका किसान रामबहादुर थापाले सिँचाइ नहुँदा समयमा रोपाइँ गर्न नसकिएको बताए । उनले बोरिङको पानीबाट धान रोपाइँ गर्दा लागत धेरै लाग्ने भएकाले आकासे पानी नै कुर्नु परेको गुनासो गरे ।

सैनमैना नगरपालिका–६ का किसान बाबुराम चौधरीले बीउ राख्ने बेलामै पानी ढिलो परेका कारण बल्ल रोपाइँ गर्नुपरेको बताए । उनले सिँचाइ नहुँदा आकासे पानीको भर पर्नुपरेको बताए ।

जिल्लाका पुराना सिँचाइ र कुलो मर्मतका लागि समयमै ध्यान दिनुपर्ने र त्यसका लागि सबैले पहल गनुपर्ने जिल्ला कृषि ज्ञान केन्द्रमा प्रमुख शिवप्रसाद अर्यालले बताले ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  २ : ४० बजे

मनसुनमा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

गण्डकी– अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक

साउनको दोस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं– साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड

हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ