इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै « Khabarhub

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बिहीबारदेखि श्रीलङ्कामा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालले समूहको आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्न लागेको हो । समूह बीमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् ।

समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहनेछैन ।

रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ सहभागी छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन