एनआरएनए कतारको सचिवमा क्षत्रीको उम्मेदवारी घोषणा | Khabarhub Khabarhub

एनआरएनए कतारको सचिवमा क्षत्रीको उम्मेदवारी घोषणा


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा ओम बहादुर क्षत्रीले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई एनआरएनएमार्फत बृहद् बनाउन उम्मेदवारी घोषणा गरेको उनले बताए ।

मध्यपुर्वको पहिलो एवं गरिमामय इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९-२०२१ र सन् २०२१-२०२३ लगातार दुई कार्यकाल प्रवक्तामा रहि काम गरेको उनले बताए ।

झन्डै डेढ दशकको पत्रकारितको अनुभव एवं कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्दाको प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ-संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं श्रमिकको विश्वसनीय साथी बनाउने अभियानमा सक्रिय हुनको लागि आफूले सचिवको उम्मेदवारी दिएको बताए ।

उनका अनुसार एनआरएनएको तलदेखि माथिसम्म रहेका समस्या, शंका र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्‍याउन आफ्नो उम्मेदवारी रहेको बताए । 

यसैगरी, एनआरएनए कतारको सचिवमा एकराज कटवालले पनि उम्मेदवारी दिने भएका छन् । हाल राष्ट्रिय समन्वय परिषद् कतारका सदस्य रहेका कटुवालले सन् २०२३–२०२५ कार्यकालको लागि भने सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

कटवाल सन् २०१३ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरूको हकहितको कार्यमा सक्रिय हुँदै आएका छन् । संघको निर्वाचन २१ जुलाई तथा दशौँ महाधिवेशन २८ जुलाईमा हुँदैछ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५७ बजे

डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,

मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर छ : पदम गिरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले

सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन

उरुग्वेका राष्ट्रपति मुजिकाको ८९ वर्षको उमेरमा निधन

एजेन्सी– उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिकाको ८९ वर्षको उमेरमा