लापसे गरी सवारी साधन चलाउने एक सय ५९ चालक कारबाहीमा « Khabarhub

लापसे गरी सवारी साधन चलाउने एक सय ५९ चालक कारबाहीमा


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक वर्ष २०७९-८० मा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। चालकले लागूऔषध सेवन गरी सवारी साधन चलाए-चलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी विसं २०७९ साउन ९ गतेदेखि जाँच अभियान सुरु गरिएको उनले जानकारी दिए।

लापसे गरी सवारी साधन चलाउने चालकमध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक भट्टले यात्रु बोक्नेजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु निन्दनीय कार्य भएको बताए। यसले आफू र यात्रु दुवै ज्यान जोखिममा पुर्‍याउने उनको भनाइ थियो ।

लापसे सेवन गरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले सार्वजनिक यातायातका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं १०३ वा प्रहरीको हटलाइन नं १०० मा खबर गर्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ३ : ४१ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि