एनआरएनए मलेसियाको अध्यक्षमा तीनजनाको उम्मेदवारी « Khabarhub

एनआरएनए मलेसियाको अध्यक्षमा तीनजनाको उम्मेदवारी


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि विनोद थापा, राकेश प्रसाद महतो र सन्तोष कार्कीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक खगेन्द्र न्यौपानेले जानकारी दिए ।

थापा वर्तमान अध्यक्ष हुन् भने २०२३–२५ को नयाँ कार्यकालको लागि पनि उम्मेदवारी दिएका छन् । उनले अघिल्लो कार्यकालमा नेपालीका लागि नेपाली भन्ने मुलनाराको साथ नेपाली श्रमिकहरूको दुःखसुखमा साथ सहयोगका साथ समस्यामा परेका नेपाली श्रमिकको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले आफूले जित्ने दाबी गरे ।  

अध्यक्ष अर्का प्रत्यासी महतो र कार्कीले पनि विगत लामो समयदेखि मलेसियामा कार्यरत रहि थुप्रै सामाजिक कार्यहरूमा सक्रिय रहेकाले आफूलाई सबैको साथ रहने बताए ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ईन्द्र नारायण लिम्बू र रन्जित कुमार क्षेत्रीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा अरुण गिरी, दिल कुमार केरुङ र हेम सापकोटाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा लिला मगर र युवा उपाध्यक्षमा नारायण अधिकारी, महासचिवमा कृष्ण प्रसाद नेपाल, विमलकुमार राना, टेक बहादुर अधिकारीले उम्मेदवारी दिएका छन्।

सचिवमा श्याम बहादुर श्रेष्ठ, विशुप्रसाद बराल, कोषाध्यक्षमा बालधोज लिम्बू, र युवा संयोजकमा राजु तामाङ, महिला संयोजकमा इन्दु बस्नेतले उमेदवारी दिएका छन् । एनआरएनएको अधिवेशन यही जुलाई ३० आइतबारका दिन होटल ग्रेण्ड कन्टिनेन्टलमा हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना