पाथिभरा परिसरमा व्यवस्थित टहरा निर्माण  « Khabarhub

पाथिभरा परिसरमा व्यवस्थित टहरा निर्माण 


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मङ्गंगलबारे इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । 

टहरा व्यवस्थापनका लागि मन्त्रालयले ४० लाख, रोङ गाउँपालिकाले रू २० लाख र उपभोक्ताले छ लाख १२ हजार पाँच सय खर्च गरेका गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)ले बताए । उनका अनुसार ४८ वटा व्यावसायिक टहरालाई आकर्षक रुपमा निर्माण गरिएको छ । टहरा निर्माण र मन्दिर परिसर सजावटका लागि ६८ लाख ४२ हजार छ सय खर्च भएको छ ।

धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनको सहजताका साथै यहाँको व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले व्यवस्थित टहरा निर्माण गरिएको अध्यक्ष स्याङ्वोले बताए । टहरा निर्माणपछि पाथीभरा मन्दिर परिसर आकर्षक र व्यवस्थित देखिएको छ । उनका अनुसार टहरा निर्माणपछि विद्युत् जडान, हाँसपोखरी, कुट्टीडाँडा क्षेत्रमा दुबोरोपणसमेत गरिएको छ । 

इलाम प्रवेशद्वार जोरकलस, कुट्टीडाँडा, हाँसपोखरी हर्कटेलगायत मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसरलाई सुन्दर बनाउन थालिएको अध्यक्ष स्याङ्वोले जानकारी दिए । धार्मिक पर्यटनसँगै मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई समेत सौन्दयकरणले आकर्षीत गराउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ । सौन्दर्यकरणले रोङमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ थियो ।

रोङ–३ मा रहेको पाथीभरा मन्दिर परिसरमा ‘माता पाथीभरा साना पर्यटन व्यवसायीले संस्था’ स्थापना गरी व्यवसाय गर्दै आएका छन् । स्थानीय सरकारले पाथीभराको प्रवद्र्धनमा चासोका साथ काम अगाडि बढाएको यहाँका व्यवसायी बताउँछन् । यसअघि यस क्षेत्रमा अव्यवस्थित र मनोमानी ढंगले व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएकामा अब व्यवस्थित हुने उनीहरूको भनाइ थियो ।

मन्दिरमा आउने भक्तजनका साथै मन्दिर परिसरमा पुजाका सामग्रीलगायत सेवा प्रदान गर्ने व्यवसायीको सहजताका लागि पालिकाले काम गरिरहेको पालिकाको दाबी छ । यस क्षेत्रमा साना व्यवसायी संस्थामा हालसम्म ४८ जना व्यवसायी आवद्ध रहेका पालिकाले जनाएको छ । संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन् ।

गाउँपालिकाको मातहतमा मन्दिर आएपछि मन्दिर थप व्यवस्थित र सफा भएको अनुभूति भएको भक्तजनको भनाइ छ । वार्षिक करोडौँ रकम संकलन हुने यस मन्दिरमा पछिल्लो समय आम्दानी वृद्धि हुँदै गएको छ । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पुग्न नसक्नेले स्मरण थर्दासमेत मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यहाँ झापा, मोरङ, सुनसरीलगायत तराईका विभिन्न जिल्लाबाट दैनिक सयौँ भक्तजन आउने गरेका छन् । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  २ : ५४ बजे

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग