मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध | Khabarhub Khabarhub

मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरिमकवानपुरका तीन स्थानीय तहले आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आजदेखि यस्तापदार्थ  निषेध गर्न लागेका हुन् । 

मनहरि गाँउपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए। पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पुर्‍याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाले पनि आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने जनाएको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनबमोजिम  उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाको आधारमा यस्ता पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए।

‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पतालजस्ता क्षेत्रको एकसय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । निर्देशन नमान्ने जोकोहीलाई रु २५ हजारदेखि रु ५० हजारसम्म जरिवाना गरिने छ,’ उनले भने। होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्न लागिएको प्रवक्ता न्यौपानेले  बताए । 

मनहरि र हेटौडाजस्तै बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै आफ्नो पालिकालाई लागूऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागूऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर सूचना जारी गरेको बताए। ‘हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ, ‘ उनले बताए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १ : २७ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३