१० वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ | Khabarhub Khabarhub

१० वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सितगंगा नगरपालिका–१४ बिक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी, मुस्ताङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई स्थानीय होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : २६ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक