प्रधानमन्त्रीले खाली भाँडो आधा भरिएको जिकिर गर्दा, कांग्रेस भन्छ सपनामात्रै बाँडियो « Khabarhub

प्रधानमन्त्रीले खाली भाँडो आधा भरिएको जिकिर गर्दा, कांग्रेस भन्छ सपनामात्रै बाँडियो


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई तिहाइको एक वर्षलाई समेटेर अन्नपूर्ण पोस्ट दैनिकले ‘खाली भाँडो आधा भरियो’ शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारको कामको प्रगति सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको अवधिमा खाली भाँडो आधार भरिएको जिकिर गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले सपनामात्र बाँडेको आरोप लगाएको छ । कांगेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आफ्ना कमजोरी ढाकछोप गर्दै सपनामात्र बाँडेको भन्दै सरकारको आलोचना गरे ।

त्यस्तै आलुमुनि १८ किलो सुन शीर्षकमा अर्को समाचार प्रकाशित भएको छ । निर्मला हत्याकाण्ड छानबिन गर्न महेन्द्रनगर पुगेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी नेतृत्वको टोलीले कञ्चनपुरको पुनर्वासमा आलुको थुप्रोमुनि लुकाइराखेको अवस्थामा १८ किलो सुन बरामद गरेको छ ।

त्यस्तै अमेरिकामा नेपालीको माग–‘नलखेट’ शीर्षकको समाचारमा अध्यागमनसम्बन्धी अस्थायी व्यव्था टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीटीएस)को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रर्दशन गरेको समाचार छापेको छ ।

‘दुईतिहाईको एक वर्ष’ शीर्षकमा छापिएको सम्पादकीयमा नागरिकले वाम गठबन्धनलाई पाँच वर्षका लागि राजनीतिक अस्थिरताको सिकार बन्न नपरोस भन्ने अभिमतसहित दिएको मतलाई सरकारले महसुस गरेर काम गर्न नसकेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ०३ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी