गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । 

निजगढ काठमाडौँ द्रुतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर नभएको एउटा अनटेष्ट जेसिबी, प्रदेश २-०३-००१ ख २८३२ र प्रदेश २-०३-००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो । 

जेसिबी चालक अन्दाजी वर्ष ४७ का चिनियाँ नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ । फास्टट्याक निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । 

चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ । वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउदै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : ३७ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन