स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा नियुक्त  | Khabarhub Khabarhub

स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा नियुक्त 


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन ।

देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकैबीच स्वागत गरेको छ । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ । 

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । उनी हाम्रो पात्रोका पूर्व संस्थापक एमडीको भूमिका निभएका छन् भने नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजम का संस्थापक निर्देशक समेत हुन । २०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए । एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन ।   

टेलिभिजन मिडियाहरुको भीडमा एक वर्षअघि प्रसारण शुरु गरेको स्पेस फोरके Space4K टेलिभिजनले पछिल्लो समय व्यवस्थापन, समाचार तथा प्रोडक्शनमा दक्ष जनशक्ति नियुक्त गरिरहेको छ । सत्य तथ्य र अनुसन्धानमा आधारित सामग्री प्रसारण गर्ने उद्घोष सहित स्पेस फोरकेले गत भदौ ८ गतेदेखि आफ्नो प्रसारण सुरु गरेको थियो । त्यसको ठिक एक महिनापछि काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी टेलिभिजन र प्रसारणबारे सार्वजनिक जानकारी गराएको थियो । 

पछिल्लो समय स्पेस फोरके टेलिभिजनमा प्रसारण भएका सामग्री हेर्दा टेलिभिजन भ्रष्टाचार विरुद्धको अभियानमा केन्द्रित हुन खोजेको देखिन्छ । देवकोटाका अनुसार भ्रष्टाचार विरुद्धको एजेण्डाका कारण उनी स्पेस फोरकेतर्फ आकर्षित भएका हुन् । टेलिभिजन र डिजिटल प्लाटफर्मलाई सृजनात्मक ढंगले नयाँ कोणबाट एकाकार गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए । 

मनोरञ्जनात्मक कार्यक्रम र समाचार तथा समाचार मूलक कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजनमा सन्तोष कुमार देवकोटाले व्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रवर्द्धनमा काम गर्ने बताइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : २९ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको