स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा नियुक्त  « Khabarhub

स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा नियुक्त 


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन ।

देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकैबीच स्वागत गरेको छ । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ । 

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । उनी हाम्रो पात्रोका पूर्व संस्थापक एमडीको भूमिका निभएका छन् भने नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजम का संस्थापक निर्देशक समेत हुन । २०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए । एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन ।   

टेलिभिजन मिडियाहरुको भीडमा एक वर्षअघि प्रसारण शुरु गरेको स्पेस फोरके Space4K टेलिभिजनले पछिल्लो समय व्यवस्थापन, समाचार तथा प्रोडक्शनमा दक्ष जनशक्ति नियुक्त गरिरहेको छ । सत्य तथ्य र अनुसन्धानमा आधारित सामग्री प्रसारण गर्ने उद्घोष सहित स्पेस फोरकेले गत भदौ ८ गतेदेखि आफ्नो प्रसारण सुरु गरेको थियो । त्यसको ठिक एक महिनापछि काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी टेलिभिजन र प्रसारणबारे सार्वजनिक जानकारी गराएको थियो । 

पछिल्लो समय स्पेस फोरके टेलिभिजनमा प्रसारण भएका सामग्री हेर्दा टेलिभिजन भ्रष्टाचार विरुद्धको अभियानमा केन्द्रित हुन खोजेको देखिन्छ । देवकोटाका अनुसार भ्रष्टाचार विरुद्धको एजेण्डाका कारण उनी स्पेस फोरकेतर्फ आकर्षित भएका हुन् । टेलिभिजन र डिजिटल प्लाटफर्मलाई सृजनात्मक ढंगले नयाँ कोणबाट एकाकार गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए । 

मनोरञ्जनात्मक कार्यक्रम र समाचार तथा समाचार मूलक कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजनमा सन्तोष कुमार देवकोटाले व्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रवर्द्धनमा काम गर्ने बताइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : २९ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ