तनहुँको ऐनापहरालाई नमूना पर्यटकीय गन्तव्य बन्दै « Khabarhub

तनहुँको ऐनापहरालाई नमूना पर्यटकीय गन्तव्य बन्दै


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’मा गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन लागिएको छ ।

पृथ्वी राजमार्गदेखि नजिक दूरीमा पर्ने ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्ति लगायतका आर्कषण संरचना निर्माण गरी पर्यटकीय प्रवद्र्धन गर्न लागेको हो ।

ऐना पहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गालाई पहाडकै अवस्थामा हात्तीको आकारको मूर्ति कुद्ने कार्य सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए ।

प्राकृतिकरुपमा रहेका त्यस क्षेत्रका ढुङ्गा तथा पहरालाई कुदेर विभिन्न देवीदेवताको आकर्षक मूर्ति निर्माण गरिने छ । पार्क निर्माणको जिम्मा श्री शुभ साहिल कन्ट्रक्सन आँबुखैरेनीले पाएको छ ।

उक्त क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड १३ लाख १३ हजार नौ सय ३१ मा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको हो ।

आउँदो दसैँदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । पार्कको भौतिक संरचना ६० प्रतिशतभन्दा बढी कार्य प्रगति भइसकेको छ । उनले, ‘साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ ।’

त्यसैगरी ढुङ्गा तथा पहरामा रिलिफ स्कोप्चर (ढुङ्गामा खोपेर तयार गरिने मूर्तिकला कार्य) निर्माणतर्फ ऐना पार्क निर्माण उपभोक्ता समितिमार्फत ७९ लाख दश हजार सम्झौतापश्चात् निर्माण कार्य अघि बढाइएको इन्जिनियर मगरले बताए ।

पार्कको प्रवेशद्वारमा बायाँतिर आकर्षक सुन्दरी (परिको) १० देखि १५ फिटको मूर्ति, झरना प्रवेशको सुरुमा हात्तीको मूर्ति फाइबर ग्लासबाट निर्माण पूर्ण कद निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

त्यसैगरी उक्त पार्कमा आमाले बच्चा लिएको मूर्ति कुद्ने कार्यका साथै पार्कसम्म जाने बाटो, प्रवेशद्वार, शौचालय र पार्किङलगायतका संरचना निर्माण कार्य भइरहेको छ । ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ आकर्षक पार्क निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले तयार पारेको विस्तृत गुरुयोजना प्रतिवेदनमा दश करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त स्थानमा सिसाको भ्युप्वाइन्ट निर्माणको लागि यस वर्ष डिपिआर कार्य मात्रै गरिएकाले आगामी वर्ष निर्माण प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ३४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर