मन्त्रिपरिषद बैठकका निर्णयहरू  | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठकका निर्णयहरू 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सञ्चालक समितिको सदस्यमा डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैठकले साउन ७ गतेदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को इटाली भ्रमणलाई समेत स्वीकृत गरेको छ ।

जुलाई २४, २५ र २६ (साउन ८,९१०)मा इटालीमा हुने समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल पनि सहभागी हुने मन्त्री शर्माले जानकारी दिइन् । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ५५ बजे

पूर्व राजा शाहले विजया दशमीका दिन शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा

केराबारी गाउँपालिकाका क्रसरमा ज्यानमारा खाल्डो, लियो दुई बालकको ज्यान

विराटनगर– मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर

इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौं प्रक्षेपण

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षा 

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी– भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण