सेयर बजारमा बुधबार पनि ११.१७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा बुधबार पनि ११.१७ अंकको वृद्धि


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

विशेषगरी वाणिज्य बैंकहरूको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरू चलेकै थिएनन् । तर एक-दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कपितय समुहहरूमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ । 

अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरूपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ । 

यस दिन २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा युनाइटेड अजोड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ३ : ४५ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा