चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार छ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन् ।

गत आर्थिक वर्षमा पर्यापर्यटनबाट रु २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।

यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६र७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।

पर्यटकको सङ्ख्याका हिसाबले गत आर्थिक वर्ष हालसम्मकै बढी हो । राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको रु २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो ।

निकुञ्ज प्रवेश गर्ने नेपालीले रु एक सय ५०, सार्क देशकाले रु एक हजार र अन्य देशकाले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । तिवारीले भने, “आर्थिक मन्दी र कोभिडका कारण विदेशी पर्यटक बाहिर ननिस्कनु र नेपाली पर्यटकको सङ्ख्या बढी हुनुले पर्यटकको सङ्ख्या बढी एवं राजस्व कम भएको हो ।”

विगतमा सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो ।

हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् । भरतपुर महानगरपालिकाले पनि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ९ : १५ बजे

गिरीबन्धु टी–इस्टेट प्रकरणमा ओलीलाई कारबाही हुनुपर्छ : बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापास्थित गिरीबन्धु चिया बगान

भारतको लोकसभा चुनाव : सोमबार कुन राज्यमा कति सिटका लागि हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको चौथो चरणको

भाँगो र आलुसँग चामल साट्दै रमुवाका बासिन्दा

बागलुङ– बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले

२१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट