बालबालिकाका समाचारको कभरेज बढाउनुपर्नेमा जोड « Khabarhub

बालबालिकाका समाचारको कभरेज बढाउनुपर्नेमा जोड


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबालबालिकासम्बन्धीको समाचारको कभरेज बढाउनुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था चाइल्ड नेपालले सेभ द चिल्ड्रेनको सहकार्यमा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रियामा उक्त कुरामा जोड दिइएको हो । कार्यक्रममा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी विभिन्न विज्ञहरूसँग छलफल गर्दै संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिने प्रतिवेदन हस्तान्तरण गरेको छ । 

प्रतिवेदन हस्तान्तरणका क्रममा चाइल्ड नेपालका अध्यक्ष डा कृष्ण सुबेदीले सन् २०१३ मा सात वटा बालबालिका सम्बन्धी काम गर्ने संस्था मिलेर यूएन कमिटीमा रिपोर्ट पठाएको सम्झना गरे । हाल ६७५ वटा संस्थाले बालबालिका सम्बन्धी काम गरिरहेको उनले जानकारी गराए । उनले प्रत्येक २ वर्षमा नागरिक समाजकातर्फबाट यूएन कमिटीमा बालबालिका सम्बन्धी रिपोर्ट तयार गरेर प्रतिवेदन दिनुपर्ने बताउँदै हाल १८ वटा बालबालिका सम्बन्धी काम गरिरहेका संस्था मिलेर प्रतिवेदन हस्तान्तरण गरेको जनाए ।

कार्यक्रममा विशेष अतिथि सञ्चारविज्ञ डा कुन्दन अर्यालले नेपाली आमसञ्चारमा आगामी दिनमा बालबालिकासम्बन्धी कभरेज बढाउनुपर्नेमा जोड दिए । यसका लागि पत्रकारहरुबीच बालअधिकारकाबारेमा जानकारी बढाउन आवश्यक ज्ञान, सीप र नैतिक पक्ष, वैचारिक आदानप्रदान, क्षमता अभिवृद्धिका लागि छलफलको क्रम अझ बढाउनुपर्ने बताए । 

उनले बाल अधिकारकर्मी र विज्ञहरूको विचार आलेख तयारी गरी सञ्चारमाध्यमलाई उपलब्ध गराएर सार्वजनिक वृत्तमा बालबालिकाका सवाललाई मुखरित गर्नुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र राष्ट्रिय बाल अधिकार परिषदबीच बालमैत्री मिडिया कभरेजको सारभूत रुपमा अभिवृद्धि गर्न समन्वय र सहकार्य हुन जरुरी रहेको पनि बताए । 

उनले अखबारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र पूर्णतः बालबालिकामा केन्द्रित भएको अध्ययनले देखाएको बताए । केन्द्रीकृत छलफल गरी अनलाइनका समाचारमा पनि विचार आलेख, सम्पादकीय तथा अन्तरवार्ताको गुणात्मक तथा परिमाणात्मक पक्षको अध्ययन गरी बढाउन सकिने उनको भनाई थियो ।

कार्यक्रममा विशेष अतिथि बरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले बालबालिकामा केन्द्रित समाचार मिडियामा स्थान दिएको हुनाले अखबारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र नहुनु पर्ने बताए । उनले सञ्चारमाध्यमले बालबालिका सम्बन्धी मात्र समाचार हेर्ने पत्रकारको व्यवस्था गर्नुपर्ने बताए । साथै बालअधिकारकर्मीहरूले बालबालिका सम्बन्धी मात्र समाचार लेख्ने पत्रकारलाई संगठन गर्नुपर्ने बताए । 

उनले बालबालिका सम्बन्धी कलम चलाइरहेका अधिकारकर्मी तथा लेखकका सामाग्रीलाई राससले स्थान दिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ०८ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन