चीनले किन खन्दैछ १० हजार मिटर गहिरो खाडल ?  « Khabarhub

चीनले किन खन्दैछ १० हजार मिटर गहिरो खाडल ? 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब दश हजार मिटर गहिरो ड्रिल गरिसकेको चीनले फेरि दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ। 

यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ ।

चीनको समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार यो परियोजनाको नेतृत्व चाइना नेशनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी) ले गरिरहेको छ। जसले सिचुआन प्रान्तको शेन्डी चुआन्के १ इनारको १०, ५२० मिटर (लगभग ६.५ माइल) को अनुमानित गहिराइको ड्रिलिंग सुरु गरेको हो ।

रुसले यसअघि उत्तरपश्चिमी कोला सुपरदीप बोरेहोलले १२,२६२ मिटरको आश्चर्यजनक गहिराइमा पुग्ने विश्वको सबैभन्दा गहिरो मानव निर्मित प्वालको गौरव प्राप्त गरेको थियो ।

चीनको सिनजियाङमा अघिल्लो इनारको प्रायोगिक फोकस मुख्यतया ड्रिलिंग टेक्नोलोजी परीक्षण गर्न र पृथ्वीको आन्तरिक संरचनामा डाटा सङ्कलन गर्न थियो। सिचुआनमा हालको परियोजना विशेष गरी अति गहिरो प्राकृतिक ग्याँस भण्डारहरू अन्वेषण गर्ने उद्देश्यले हो।

चीनको दक्षिणपूर्वी प्रान्त सिचुआन आफ्नो मसालेदार खाना, मनोरम पहाडी दृश्य र पाण्डाका लागि प्रसिद्ध छ। यससँगै चीनको सबैभन्दा ठूलो सेल ग्यास भण्डार पनि यहाँ अवस्थित छ। तर, अप्ठ्यारो भूभाग र जटिल भौगोलिक अवस्थाका कारण यी ग्यास स्रोतहरू निकासीमा धेरै चुनौतीहरू छन्।

हालैका दिनहरूमा चिनियाँ सरकारले ऊर्जा अभाव, भूराजनीतिक तनाव र विश्व पेट्रोलियम पदार्थको मूल्यमा उतारचढावको प्रतिक्रिया स्वरूप आन्तरिक उत्पादन बढाएर इन्धन सुरक्षा बढाउन ऊर्जा कम्पनीहरूलाई अपिल गरेको छ। 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : ०८ बजे

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी