यस्ता छन् एनआरएनए कतार अध्यक्ष दाबेदारहरूका एजेण्डा  « Khabarhub

यस्ता छन् एनआरएनए कतार अध्यक्ष दाबेदारहरूका एजेण्डा 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै यहाँको चुनावी माहोल एकाएक तातिएको छ ।

निर्बाचन समितिका संयोजक क्रान्ति सिंहका अनुसार एनआरएनए कतारको अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि जैबी राई चाम्लिङले, रमेश भट्ट, पदम गिरी, अब्दुर रहमान, अबधेश कुमार मण्डल, उत्तम गुरुङ र सरिता भण्डारी पौडेलले उम्मेदवारी दर्ता गराएको संयोजक सिंहले बताए । निर्वाचन समितिले जारी गरेको सूचना अनुसार आइसिसि सदस्यमा ६ जनाको लागि ९ उम्मेदवारी परेको छ । मनोनयन माथि दाबी विरोध शनिबार बेलुका ५ बजे सम्म गर्न सक्नेछन् ।

दाबी विरोध पछिको उम्मेदवारहरूको नामावली २३ जुलाईको बेलुका पाँच बजेपछि प्रकाशन हुनेछ  उम्मेदवारी मनोनयन फिर्ता २२ देखि शुरु भइ २४ जुलाई बेलुका ५ बजेसम्म गर्न सकिनेछ निर्वाचनले जनाएको छ । उम्मेद्वारी मनोनयनको अन्तिम नामावली प्रकाशन २४ जुलाई राति ११ बजेपछि सार्वजनिक गरिने तालिका रहेको छ । एनआरएनए कतारको २७ र २८ जुलाईमा निर्वाचन र २९ जुलाईमा दशौँ राष्ट्रिय महाधिवेशन हुदैछ । डिजिटल पद्धति मार्फत मतदान हुनेछ ।

के-के एजेण्डा प्रस्तुत गरेका छन् त अध्यक्षका दाबेदारहरूले ?

एनआरएनए कतार हाँक्ने मुख्य अध्यक्ष पद माजैबी राई चाम्लिङले, पदम गिरी, रमेश भट्ट, अब्दुर रहमान, अबधेश कुमार मण्डल, उत्तम गुरुङ र सरिता भण्डारी पौडेल जित आआफ्नो पक्षमा पार्न जोडका साथ लागेका छन् ।

विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । २००३ मा स्थापना भएको यस सामाजिक संस्थामा सन् २०१२ देखि निरन्तर नेपालीका लागि नेपाली भन्ने नारालाई आत्मसात गरी यस सामाजिक अभियानमा निरन्तर रहेको र एनआरएनए एनसीसी कतारका वर्तमान प्रथम उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका चाम्लिङ सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान बनाउने अभियानमा रहेको बताए ।

कतार नेपालीहरुको रोजगारी गन्तव्य मुलुक भएकोले कतार आएका पुरुष वा महिला श्रमिक माथि रोजगार दाता मार्फत पाउने सेवा सुविधा नपाएको वा अशक्त भइ काम गर्न नसक्ने भएको भनी लिखित निवेदन आएमा सत्यतथ्य बुझी नेपाली दूतावास र वैदेशिक श्रम तथा रोजगार विभाग सग समन्वय गरेर उद्वार गर्ने र पीडितलाई क्षतिपूर्ति भर्पाई गराउन पहल गर्ने लगायत १० वटा एजेन्डा लिएर चुनावी मैदानमा छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार रमेश भट्ट पनि विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दे अनवरत रूपमा समाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

कतारको सामाजिक संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दे प्राप्त गरेको अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने उद्देश्य सहित अध्यक्षमा उम्मेदवारी दर्ता गराएको भट्टले बताए । एनआरएनको खस्कँदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमिक मैत्री एवम् विश्वसनीय एनसीसी बनाउने अभियानमा सबैको साथ सहयोग हुनेमा आफू विश्वस्थ रहेको उनले बताए ।

कतारस्थित नेपाली दूतावाससँग समन्वय गरी नेपाली श्रमिकहरूको हकहितलाई प्राथमिकतामा राखेर श्रमिक विभागलाई थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै शुरु गरेको श्रमिक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्न योजनाका उनले बताए ।

आफूले जितेमा कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवम् आवश्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार पदम गिरी विगत १४ वर्ष देखि कतारमा श्रम गर्दै आइरहेको र शुरुका दिन देखिनै एनआरएनए अभियानमा विभिन्न पद र पद बाहिर रहेर धेरै कामहरू गरिसकेका छन् । एनआरएनए कतारको २०१९-२०२१ र २०२१-२०२३ दुई कार्यकालका लागि महासचिवको जिम्मेवारी सफलतापूर्वक सञ्चालन गरिसकेको भन्दै आफूले जित्ने दाबी गरे ।

आफूले जितेमा एनआरएनए कतारको हरेक गतिविधिहरूलाई श्रमिक मजदुरहरूको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त र प्रभावकारी बनाउने उनले बताए । नेपालमा पर्यटन प्रवर्द्धनका लागि अधिकतम पहल गरिरहेको र आगामी दिनहरूमा अझ प्रभावकारी र परिणाममुखी बनाउनका लागि पहल गर्ने उनको भनाइ रहेको छ ।

विगतमा जस्तै नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्याहरु र नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष पदका आकांक्षीहरु धेरै भएपनि अन्य भन्दा यी तीन जना बीच नै मुख्य प्रतिस्पर्दा हुने देखिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ३ : ४९ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका