व्यक्तिवाद हावी भएकाले कम्युनिष्ट एकतालाई जोगाउन सकिएन : अध्यक्ष नेपाल « Khabarhub

व्यक्तिवाद हावी भएकाले कम्युनिष्ट एकतालाई जोगाउन सकिएन : अध्यक्ष नेपाल


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमााडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण कम्युनिष्ट एकतालाई जोगाउन नसकिएको बताएका छन् ।

समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष नेपालले मुलुकमा एमाले र माओवादी मिलेर नेकपा बन्नु इतिहासमा नै ठूलो उपलब्धी भएपनि पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण त्यसलाई जोगाउन नसकिएको बताएका हुन् ।

उनले निर्वाचन अघि र पछि पनि कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास गरिएपनि सफल हुन नसकेको धारणा राखे । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र रहेको व्यक्तिवादी रोगहरुको समयमा नै चिरफार गर्न नसके कम्युनिष्ट आन्दोलन कमजोर हुदै जाने उल्लेख गरे ।

अब मुलुकको राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । अध्यक्ष नेपालले अहिले पनि कम्युनिष्टका शत्रु भनेको कांग्रेस हो भन्ने भ्रम सिर्जना गरेर गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिए ।

उनले कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीसँग हातेमालो गरिरहेको उल्लेख गर्दै अहिलेको सन्दर्भमा आफ्नो शक्ति वृद्धि गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ०३ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट