चालीस मेगावाट अपर चमेलियाको परीक्षण सुरु « Khabarhub

चालीस मेगावाट अपर चमेलियाको परीक्षण सुरु


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युत्गृहमा पानी खसालेर शुक्रबार परीक्षण सुरु गरिएको हो । 

उनले भने, ‘आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ । शुक्रबार विद्युत्गृहमा पानी खसालेर मेसिनको परीक्षण सुरु गरिएको हो ।’

शनिबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाँचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब दुई सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए। निर्माण कम्पनीका अनुसार रु आठ अर्ब लागतमा ३० महिनामै निर्माणकार्य सम्पन्न भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ३९ बजे

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई