मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : ज्ञवाली | Khabarhub Khabarhub

मधेश समृद्ध नभए सम्म देशको मुहार फेरिँदैन : ज्ञवाली


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।

‘मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्दित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दुस्खदायी विषय हो,’ उनले भने ।

एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चलनप्रति इङ्तित गर्दै वर्तमान् सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पुरागरिदिने कडी बनेको उनको भनाई थियो । ‘भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखी अलपत्र पारेएको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरि थप दुईवटा आयोजना पुन जिम्मा लगाउने काम भएको छ’ उनले भने ।

यस्तै सरकारले ललिता निवास र भुटानी सरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाई थियो । भ्रस्टाचारको छानविन गर्न पहिला सरकारमा रहेकाहरु सफा हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : १५ बजे

५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय