कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा निरन्तर बहस हुँदै | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा निरन्तर बहस हुँदै


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा निरन्तर बहस सुरु हुँदैछ ।

मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते दिएको रिटमा बहस हुन लागेको हो ।

कार्कीको रिट उपर गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सुनुवाइ गर्दै विपक्षी रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्दै साउन ७ देखि निरन्तर बहस गर्ने आदेश गरेको थियो ।

सर्वोच्चको आदेशअनुसार कोशी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिसकेका छन् ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो ।

निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ ।

अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : २० बजे

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्