सुडानको दक्षिणी डार्फरमा सोह्र सर्वसाधारणको मृत्यु | Khabarhub Khabarhub

सुडानको दक्षिणी डार्फरमा सोह्र सर्वसाधारणको मृत्यु


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खार्तुम- अफ्रिकी मुलुक सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा परी १६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो ।

पेशागत वकिलहरूको सङ्गठनले सडक र नागरिकका घरमा  गोलीबारी भएको जनाउँदै शुक्रबारदेखिको दोहोरो भिडन्तले न्याला क्षतविक्षत भएको बताएको छ । गोलाबारी र भिडन्तका कारण न्यालाको दक्षिणमा रहेको अल–वोहदा र करारीलगायत क्षेत्र प्रभावित भएका छन् ।

सङ्घले युद्धरत पक्षहरुलाई तत्काल युद्ध बन्द गर्न र सर्वसाधारणलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेको छ । गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच जारी यु्द्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार सुडान द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : ०० बजे

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको