पुष्पलाल स्मृति दिवस : एकता हुनुपर्ने वाम नेताहरूको धारणा « Khabarhub

पुष्पलाल स्मृति दिवस : एकता हुनुपर्ने वाम नेताहरूको धारणा


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाम नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको स्मरण गर्दै विभिन्न गुटमा छरिएका कम्युनिष्ट पार्टीलाई पुनः एउटै बनाउनुपर्ने धारणा राखेका छन् ।

पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आज आयोजित कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको विचार र देशमा एउटै कम्युनिष्ट पार्टी देख्ने पुष्पलालको भावना अनुरुप वामपन्थी एकताका लागि आफूले पहल गर्ने बताए ।

अर्का वामपन्थी नेता वामदेव गौतमले पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना र सञ्चालनका लागि गर्नुभएको मेहनत स्मरण गर्दै वाम एकताको पहल गर्ने विचार सकारात्मक भएको बताए । अर्का वामपन्थी विश्लेषक लोककृष्ण भट्टराईले सबै कम्युनिष्ट पार्टी एकै बनाउने कामको नेतृत्व पनि नेता नेपालले नै गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : २६ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका