अख्तियारले मुद्दा दायर गरेपछि खोटाङका प्रजिअ खतिवडा निलम्बित « Khabarhub

अख्तियारले मुद्दा दायर गरेपछि खोटाङका प्रजिअ खतिवडा निलम्बित


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बित भएका छन् । अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।

जिल्ला ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका खतिवडाले भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनलाई विद्युत लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोप लागेको छ । यही परियोजनामा संलग्न अरु १० जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

गृह मन्त्रालयले खतिवडालाई आइतबार नै निलम्बन गरिएको हो । खतिवडा निलम्बनमा परेपछि उनको स्थानमा अर्का प्रजिअ पठाइने भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ५० बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक