इटालीमा प्रधानमन्त्रीको भाषण- शैक्षिक सुधार गर्न खाजा कार्यक्रम प्रभावकारी, ३३ लाख लाभान्वित | Khabarhub Khabarhub

इटालीमा प्रधानमन्त्रीको भाषण- शैक्षिक सुधार गर्न खाजा कार्यक्रम प्रभावकारी, ३३ लाख लाभान्वित


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट बढाएको बताएका छन् ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउदै लगिएको जानकारी दिएका हुन् ।  उनले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तर रुपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राखे । उनले खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी पनि गराए ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ गएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ३१ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा