पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु : गगन थापा | Khabarhub Khabarhub

पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु : गगन थापा


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्यमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ।

कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी र सत्ता गठबन्धनमा आवद्ध दलले गरेका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउनुपर्दा दुःख लागेको उनको भनाइ थियो।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘म पार्टीको महामन्त्री हुँ तर पार्टीका कतिपय र सत्ता गठबन्धनका निर्णयमा सहभागी हुन पाइन, सञ्चार माध्यमबाट खवर पाउनुपर्छ, भोलिपल्ट बिहान फेरि मिडिया नै प्रश्न गर्छन्, प्रोसेसमा सहभागी हुन पाइन पार्टी र गठबन्धन बैठकका निष्कर्षका भारी मात्रै बोक्नु पर्‍यो।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे धारणा तयार गरेर नेतृत्वसमक्ष बुझाउने तयारी गरेको बताए।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ३९ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

बेरुत – इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र

पशुपतिमा नवरात्री महोत्सव सुरु

काठमाडौं – वडा दशैंको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा