सिटिजन्स इन्सुरेन्सको आइपीओमा माग भन्दा बढी आवेदन « Khabarhub

सिटिजन्स इन्सुरेन्सको आइपीओमा माग भन्दा बढी आवेदन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो ।

सिटिजन्सले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । 

यस्तै, सन नेपाल लाइफ इन्सुरेन्सको पनि आइपीओमा ३३ करोड १८ लाख १ हजार ३१० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आजसम्ममा २१ हजार ७६१ जनाले १३ लाख ८८ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४ गुणा बढी आवेदन हो । 

सन नेपालले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : ५८ बजे

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा