बेलायती ट्याङ्करसहित इरानको नियन्त्रणमा रहेका आफ्ना १८ नागरिक छोड्न भारतको आह्वान « Khabarhub

बेलायती ट्याङ्करसहित इरानको नियन्त्रणमा रहेका आफ्ना १८ नागरिक छोड्न भारतको आह्वान


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– तेल बोकेको बेलायती ट्याङ्करसँगै इरानले नियन्त्रणमा लिएका आफ्ना नागरिकलाई रिहा गर्न भारतले आह्वान गरेको छ ।

इरानको तटरक्षक दस्ताले हर्मुजको स्ट्रेटबाट नियन्त्रणमा लिएको बेलायतको ट्यांकरमा १८ जना भारतीय नागरिक सहित अन्य देशका कर्मचारी समेत रहेको जनाइएको छ ।

इरानी अधिकारीले भने बेलायती ध्वजाबहाक ट्याङ्करले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ उल्लङ्घन गरेपछि नियन्त्रणमा लिइएको हो ।

इरानी सुरक्षा गार्डले नियन्त्रणमा लिएका आफ्ना नागरिकको सुरक्षा र शीघ्र रिहाईसँगै भारतलाई हस्तान्त्ररण गराउनका लागि इरानसँग कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही हप्ता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ ।

ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ ।

पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको बताइन्छ ।

ट्याङ्करमा एक फिलीपिनी, तीन रुसी र एक लाटभियाली पनि चालक दल सदस्यका रूपमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानी अधिकारीले ट्याङ्कर र चालक दलका २३ सदस्यलाई बन्दर अब्वासको बन्दरगाहस्थित बन्दगाहमा नियन्त्रणमा राखिएको जनाएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : ४१ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख