एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्छ : अध्यक्ष ओली « Khabarhub

एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्छ : अध्यक्ष ओली


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् ।

एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिका लागि नेपालगञ्जमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ ।”

अहमता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालिनताका साथ जनताको सेवामा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्ने गरी एमाले अगाडि बढेको बताए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहको अधिकतम् उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल, पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललगायत जनप्रतिनिधिले जनताको काम सहज तरिकाले गरेर पार्टीलाई मजबुत बनाउन ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : १० बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको