दाङमा ट्रक दुर्घटना « Khabarhub

दाङमा ट्रक दुर्घटना


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङस्थित लमही–घोराही सडक खण्डमा शनिबार दिउँसो ट्रक दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

बुटवलबाट फलामको पाइप बोकेर तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ८४८७ नम्बरको ट्रक घोराही उपमहानगरपालिका–३ मसोटमा पल्टिँदा दुई यात्रु घाइते भएका हुन् । लमही नगरपालिका–२ निवासी १८ वर्षीया रबिना चौधरी र १६ वर्षीया करुणा चौधरी घाइते भएको प्रहरीको भनाइ छ ।

ट्रकको साइड लगाएर रोक्ने क्रममा भार थाम्न नसकी ब्याक भएर ट्रक सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ४९ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी