किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले जनाएको छ ।

उक्त सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले किशोरीलाई उद्धार गरी प्रदीपलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ९ : १५ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक