आज साउन १५ अर्थात् खीर खाने दिन | Khabarhub Khabarhub

आज साउन १५ अर्थात् खीर खाने दिन


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । साउन १५ मा दूधको खीर खाएर असार साउनमा लागेको चिसो भगाउने चलन छ । नेपाली समाजमा असार १५ गते दही चिउरा खाने, साउन १५ गते खीर खाने, भदौ १५ गते पोलेको मकै खाने परम्परा छ ।

खीर हामी धेरैलाई मन पर्ने खानाको परिकार पनि हो । असार, साउन महिनामा मानिसहरू खेतीपातीमा व्यस्त हुन्छन्, वर्षाका कारण साउन महिनामा खेतबारी, वनजंगल जताततै हरियाली हुने र पर्याप्त घाँस हुने भएकाले गाईभैँसीले पनि प्रशस्त दूध दिन्छन् । यस कारण पनि साउनको १५ मा खीर खाने चलन चलिआएको मानिन्छ ।

दूधमा स्थानीय जातका चामल, घ्यू, सख्खर वा चिनी, नरिवल, छोकडा, बदाम, काजु, किसमिस जस्ता खाने मसला र ल्वाङ, सुकुमेल, मरीच, दालचिनीजस्ता मसला कुटेर मिसाएपछि खीर बन्छ । धार्मिक आस्था राख्नेहरूले खीरलाई शुद्ध परिकारका रूपमा समेत लिन्छन् । स्वादिलो एवं पोषिलो खानाको परिकार खीरलाई स्वास्थ्यको लागि अमृतसमान मानिन्छ ।

आजको दिनमा खीर पकाई सबै परिवार जम्मा भएर खाने परम्परा छ । नेपाल कृषिप्रधान देश भएकोले कृषकहरूको रोपाईँ सकिएपछि खुसीयाली स्वरूप खीर खाने परम्परा परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । खीरलाई पौष्टिक तत्वहरू धेरै भएको खानाका रुपमा मानिने चिकित्सकहरू बताउँछन् ।

खीर खानुका फाइदाहरू पनि धरै छन् । साउने झरीमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । त्यसको लागि रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर मानिन्छ । खीरमा मिसाइने चामलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेट पाइने कारण यसको सेवनले शरीरलाई शक्ति प्रदान गर्न मद्दत गर्छ ।

खीरको सेवनबाट शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ति हुन्छ । खीरमा मिसाइने काजु बदाम किसमिसहरूमा प्रशस्त मात्रामा भिटामिन, मिनरल (खनिज) पाइन्छ । घ्यू हालेर खीर बनाउँदा घ्यूको मात्राले शरीरमा चाहिने फ्याटको मात्रालाई पूरा गर्छ । यसका साथै खीर नरम खाना भएको कारणले यो गर्मी मौसममा जस्तै बिरामीले पनि सहजै पचाउन सक्छन् । त्यस्तै गाईको दूधमा बनाइने खीरबाट प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसमा साथै दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।

खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो । तर, दूध र चिनी खान नहुने मान्छेले खीर खान नहुने बताइन्छ । ग्यास्ट्रिकका बिरामीले पनि खीर खाँदा सावधानी पु¥याउनुपर्छ । पाचन प्रणाली कमजोर भएको बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खाँदा पाचन प्रक्रिया सहज हुन्छ ।

नेपाली समाजमा बालबालिकालाई अन्नप्राशन (पास्नी) मा सबैभन्दा पहिला खीर नै खुवाइन्छ । बुढाबुढी भएर अन्य खानेकुरा खान नसक्दा तागतिलो खानाका रूपमा पनि खीरकै नाम आउँछ । खीरमा क्याल्सियम, कार्बोहाइड्रेटलगायत विभिन्न तत्व पाइन्छ । खीरले बालबालिकादेखि वृद्ध वृद्धाको स्वास्थ्यलाई समेत फाइदा गर्छ । बालबालिकाको वृद्धि विकासमा पनि ठूलो मद्दत गर्छ भने बिरामी भएका वा शारीरिक रूपमा कमजोर भएकालाई पनि शक्ति प्रदान गर्छ ।

साउन १५ मा खीर खाने चलनले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्साउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामिप्यतालाई अझ प्रगाढ बनाउँछ । साउन १५ मा खीर खाने चलनजस्ता सांस्कृतिक परम्परा नै हाम्रो देशको मौलिक पहिचान पनि हो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : १९ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको